दफा २४
वार्षिक विवरण पेश गर्नु पर्ने
: (१) ट्रेड यूनियनले आफनो हिसाब किताबको लेखापरीक्षण गराई सम्पूर्ण सम्पत्ति, ऋण र दायित्व समेत स्पष्ट देखिने गरी प्रत्येक वर्षको वार्षिक विवरण आर्थिक वर्ष समाप्त भएको मितिले तीन महीनाभित्र पञ्जिकाधिकारी समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको वार्षिक विवरणमा ट्रेड यूनियनको शुल्क तिर्ने सदस्यहरुको कूल संख्या र वर्षभरी फेरवदल भएका पदाधिकारीहरुको विवरण समेत समावेश गरेको हुनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको वार्षिक विवरणमा ट्रेड यूनियनको शुल्क तिर्ने सदस्यहरुको कूल संख्या र वर्षभरी फेरवदल भएका पदाधिकारीहरुको विवरण समेत समावेश गरेको हुनु पर्नेछ ।